Bhaisepati, Karyabinayak, Nepal
Sold Out
Rs5.35 Cr
Last Updated on 2 years ago ago.
भैसेपाटी नक्खुडोलमा आकर्षक घर बिक्रीमा छ। यो घर मा पुग्न एकान्तकुना बाट भैसेपाटी रेडियो टावर हुँदै पुग्न सकिन्छ, साथै महालक्ष्मीस्थान रिङ्ग रोड बाट पनि पुग्न सकिन्। महालक्ष्मीस्थान बाट १२०० मीटर को दुरीमा यो घर अबस्थित छ। खास गरेर यो घर भएको ठाउ लाई नक्खुडोल भन्ने गरिन्छ। कान्तिपुर कोलोनी को ठिक पारी भैसेपाटी पट्टि रहेको छ।
यो घर ११ आना जग्गा मा बनाइएको छ। १३ फिटे बाटोले छोएको यो घर पशिम मोहडा भएको छ।
यो घर नयाँ अर्थात् भुइचालो पछाडि बनाइएको हो। यो घर को भुइतल्लामा २ वटा बेडरुम, हल, किचन डैनिंग र एउटा बाथरुम रहेको एउटा राम्रो भाडामा दिन मिल्ने फलत रहेको छ।
पहिलो तल्लामा २ वटा बेडरुम जसमा एउटा मास्टर बेडरुम छ, एउटा कमन बाथरुम, ठुलो लिविंग रुम , डैनिंग र ओपन किचन रहेको छ। दोश्रो तल्ला मा २ वटा बेडरुम जहाँ एउटा मा मास्टर बेडरुम छ, एउटा कमन बाथरुम र एउटा सुसज्जित लिविंग रुम पनि छ।